काठमाडौं- ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौँ, असल पोषणका लागि खाने बानीमा सुधार गरौँ’ भन्ने नाराका साथ
भृकुटीमण्डपमा खाद्य मेला आयोजना हुने भएको छ।
मेला फागुन १०, ११ र १२ हुने छ। बिहान १० बजे देखि साँझ ६ बजेसम्म अवलोकन गर्न सकिने छ।
मेला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र अन्र्तगतका कार्यालयहरुको आयोजनामा गरिने जनाइएको छ।
कार्यक्रम आयोजना गरिन लागेको आयोजकको भनाइ छ।
नेपालका बिभिन्न स्थानमा पाइने पोषिला खाद्यवस्तुको प्रचार गर्नु, स्वदेशी खाद्यवस्तु प्रवर्धन, कृषक खाद्य उद्यमी ब्यवसायी एवम् नियामक निकाय र उपभोक्ताबीचमा सम्बन्ध स्थापना गर्नु रहेको आयोजकको भनाइ छ।
मेलामा नेवारी, थारु, तामाङ्ग, लगायत विभिन्न जाति, जनजातिका परम्परागत तथा स्थानीय उत्पादनमा आधारित परिकार सहितका १५ स्टल रहने छन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij