२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

1.5K
Shares

पोखरा-पोखरा महानगरपालिका वडा नं १० बुद्धचोकबाट ३६० थान अवैध लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पोखरा– १० रामघाट बस्ने ३२ वर्षीय विश्वास गुरुङ, रुपन्देही कोटहीमाई गाउँपालिकाका २४ वर्षीय चन्द्रकान्त थारु चौधरी र पोखरा– ९ शिवटोल बस्ने २५ वर्षीय आशिष श्रीपालीलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट आगुऔषध नर्फिन १२०, फेनारागन १२० र डाइजापाम १२० थान पक्राउ गरेको प्रहरीले जनाएको छ । मुद्रासम्बन्धी कसुर र लागुऔषध मुद्दामा म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij