२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिला हिंसाका घटना दोब्बर रुपमा बढेका छन् : मानवअधिकार आयोग

महिला हिंसाका घटना दोब्बर रुपमा बढेका छन् : मानवअधिकार आयोग

885
Shares

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा महिला हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा महिला हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले महिला हिंसालगायतका मानव अधिकार हनन्को घटना हुन नदिन सरकार असफल रहेको पनि स्पष्ट पारे ।

मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तयार पारेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१८’ विमोचन गर्दै अध्यक्ष शर्माले निर्मला हत्या प्रकरणमा प्रहरीले गलत ढंगले छानविन प्रक्रिया अघि बढाएको उल्लेख गर्दै यसबाट राज्यका संयन्त्र मानव अधिकार हनन् हुन नदिन सफल नभएको पुष्टि भएको दावी पनि गरे ।

पुस्तकमा यसवर्ष महिलामाथि हुने हिंसा बलात्कार लगायतको घटना गत वर्षको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ ।

गत वर्ष करिव ७ सयको हाराहारीमा बलात्कारलगायतका महिला हिंसाको घटना भएकोमा यसवर्ष बढेर १ हजार ४ सय अर्थात् दोब्बर हुन पुगेको पुस्तकमा उल्लेख गरिएको हो । राज्य पक्ष तथा अन्य पक्षबाट हुने मानवअधिकार हनन्को घटनामा भने कमी हुँदै गएको पनि पुस्तकमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij