काठमाडौ –नेपाल आँखा अस्पतालले सर्लाहीको भगवतीपुर र मंलगवामा आयोजित आँखा शिविरलाई सेञ्चुरी कमर्सियल बैंकले सहयोग गरेको छ ।
आठदिने उक्त आँखा शिविर सञ्चालनका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
डा. इन्दुप्रसाद ढुंगेलको संयोजकत्वमा सम्पन्न उक्त शिविरमा करिब १ हजार ८ सयजनाको साधारण चेकअप र १ सय ६४ जनाको मोतीबिन्दुको शल्यक्रिया भएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा यस प्रकारका सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij