२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुब्रेक्स लुब्रिकेन्ट नेपाल भित्रियो

लुब्रेक्स लुब्रिकेन्ट नेपाल भित्रियो

1.8K
Shares

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (युएई) मा उत्पादन हुँदै आएको लुब्रेक्स ब्रान्डको लुब्रिकेन्ट नेपाली बजारमा भित्रिएको छ ।

विश्वस्तरीय गुणस्तरको सबै मापदण्ड पुरा गरेको दावी गर्ने सो लुब्रिकेन्ट विश्वका ७० भन्दा बढी देशमा बिक्री–वितरण हुन्छ । लुब्रेक्सलाई नेपाली बजारमा युनिपेट्रो इनर्जी प्रालिले भित्र्याएको हो ।

लुब्रेक्स एफजेडसीले सन् १९८७ देखि लुब्रिकेन्ट्स र तेल निर्यातकर्ताको रुपमा व्यवसाय शुरु गरेको हो । कम्पनीले ३० बर्ष भन्दा बढी समयको यात्रामा अहिले युएईकै सबैभन्दा तीव्र गतिमा व्यवसाय वृद्धि गरिरहेको कम्पनीका रुपमा आफूलाई स्थापित गरेको छ ।

लुब्रेक्सले सबै प्रकारका सवारी साधनका लागि लुब्रिकेन्ट्स तथा औद्योगिक मेसिनरीलाई आवश्यक पर्ने ग्रीज तथा विभिन्न किसिमका तेल उत्पादनमा दक्षता हासिल गरेको छ ।

कम्पनीले दुई पांग्रे तथा चार पांग्रे सवारी साधनका लागि तथा औद्योगिक ग्रेडका आयल उत्पादन र बितरण गरिरहेको छ । लुब्रेक्सले पहिलो श्रेणीको मिनरल आयल तथा बेस आयल उत्पादन गरिरहेको छ । त्यस्तै सबै प्रकारका उद्योगले प्रयोग गर्ने मेसिनरीको मापदण्डलाई सुहाउँदो उच्च गुणस्तरको एडेटिभ्स पनि उत्पादन गरिरहेको छ ।

लुब्रेक्सको गुणस्तरलाई लिएर किन पनि ढुक्क हुन सकिन्छ भने विश्व प्रसिद्ध ब्राण्ड तथा कम्पनीलाई ओरिजनल इक्विपमेन्ट (ओई) प्रोडक्टका रुपमा काम गरिरहेको छ । लुब्रेक्सले अमेरिकन पेट्रोलियम इन्स्टीच्युड (एपीआई) र एसएइको मापदण्डअनुसार मर्सिडिज बेन्ज, बिएमडब्लू, भल्वो, म्याक, रेनल्ट, क्युमिन्स र म्यानको ओईएम प्रोडक्टका रुपमा आफ्नो उत्पादन उपलब्ध गराइरहेको छ । यी सवारी साधनका प्रयोगकर्ताले लुब्रेक्सको कार्य क्षमताबारे खुलेर प्रशंसा गर्ने गरेका छन् ।

लुब्रेक्सले गुणस्तर सम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी आइएसओ ९००१ः२००८, आइएसओ १४००१ः२००४ र ओसास १८००१ः२००७ प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपालमा लुब्रेक्स लुब्रिकेन्ट्सलाई यूनीपेट्रो इनर्जी प्रालिले आयात गरिरहेको छ । कम्पनीले बुटवलमा मुख्य कार्यालय र ललितपुरको ग्वार्कोमा कर्पोरेट कार्यालय राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij