२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुटवलबाट ३० केजी चरेससहित तीन जना पक्राउ

बुटवलबाट ३० केजी चरेससहित तीन जना पक्राउ

915
Shares

बुटवल– ३० किलोग्राम लागुऔषध चरेससहित बुटवलबाट तीन जनालाई पक्राउ गरेको छ।
५ नं. प्रदेश प्रहरी ब्यूरोको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ ६ बजे बुटवल बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नं। ७ का ३६ वर्षीय राजु कुमार स्याङताङ, सोही नगरपालिका वडा नंं ९ का ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ रहेका छन्।
आलुसहित बोरामा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको हो । दुइटा आलुको बोरामा ६० वटा लाप्सा बनाएर लुकाएर ल्याएको उक्त चरेस बुटवल बसपार्कबाट अटोरिक्सामा राखी इँट्टाभट्टातर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij