२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरा म्याराथनको पुरस्कार राशी १० हजार डलर पु¥याउनु पर्छ–गण्डकी प्रदेश मुख्यमन्त्रि गुरुङ

पोखरा म्याराथनको पुरस्कार राशी १० हजार डलर पु¥याउनु पर्छ–गण्डकी प्रदेश मुख्यमन्त्रि गुरुङ

915
Shares

पोखरा– १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको पूर्ब सन्ध्यामा गण्डकी प्रदेश सरकारले आगामी वर्ष बाट पोखरा म्याराथनको पुरुस्कार राशीलाई १० हजार डलर सम्म वृद्धी गर्नु पर्ने कुरालाई गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले मुख्यताका साथ उठाएका छन ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रि एवम पोखरा म्याराथनका मुख्य संरक्षक पृथ्वी शुव्वा गुरुङले पोखरा म्याराथन सफल बनाउन मुख्यमन्त्रि कार्यालयमा शुक्रबार आयोजित उच्च स्तरिय बैठकलाई सम्वोधन गर्दै आगामी वर्ष बाट पोखरा म्याराथनको राशीमा वृद्धी गरि अन्तर्राष्ट्रिय धावकहरु पोखरा सम्म ल्याउने बातावरण बनाउन बनाउने तर्फ सबैले ध्यान केन्द्रित गर्नु पर्ने बताए ।

सरकारका मन्त्रिहरु, प्रमुख सचिब, योजना आयोगका उपाध्यक्ष, सचिबहरु, प्रमुख जिल्ला अधिकारी, शुरक्षा निकायका प्रमुखहरु, र भूतपूर्व खेलाडी मंचका पदाधिकारीहरु लाई निर्देशन दिंदै यहि फागुन ७ गते पोखरामा आयोजनाहुने पोखरा म्याराथन सफल बनाउन आ–आफ्नो क्षेत्र बाट जुट्न र सहयोग गर्न आग्रह गर्दै मुख्य मन्त्रि गुरुङले भने–“पोखरा महानगरपालिकाले पोखरा म्याराथनलाई ग्रहण गर्ने र प्रदेश सरकारले सहयोग गर्ने तर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।”

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङले आगामी दिनमा पोखरा म्याराथन मार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय बजारमा म्याराथनको ‘व्रान्डिङ’ गर्नु पर्ने कुरा औल्याउँदै भने–“पोखरा म्याराथनलाई व्यवस्थित बनाउँदै लैजानु पर्छ पुरुस्कार राशीमा समेत वृद्धी गर्नु पर्छ ।”

मन्त्रि गुरुङले पुरुस्कार राशीमा वृद्धी गरि पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय ‘प्रोफेशनल’ खेलाडी आउन सक्ने बातावरण बनाउन पर्ने कुरामा जोड दिंदै उनले भने–“म्याराथनको मुख्य स्पर्धाको पुरुस्कार राशी कम्तीमा पनि १० हजार डलर पु¥याउन आवश्यक छ ।”

सो बैठकमा बोल्दै भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथनको १३ औं संस्करणमा आइपुग्दा आफूहरु निकै उत्साहित भएको बताए । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्र बाट नेपालीहरुले देखाएको सदभाव संगै प्रदेश सरकार र पोखरा महानगरपालिका बाट प्राप्त सहयोगले आगामी दिनमा पोखरा म्याराथन नयाँ जग बाट उभ्याउन सहयोग मिल्ने बताए । प्रदेश सरकार बाट मुख्य संरक्षकत्व र पोखरा महानगरको संरक्षकत्व प्राप्त गरको पोखरा म्याराथन सफल बनाउन मंच विशेष तयारीका साथ जुटेको अध्यक्ष गुरुङले बताएका थिए ।

बैठकमा सरकारका मन्त्रि तथा अन्य निकायका प्रमुखहरुले पोखरा म्याराथनलाई सफल बनाउन आ–आफ्नो तर्फ बाट सुझाबहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij