२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रियसभा नियमावली संशोधन समितिको म्याद थप

राष्ट्रियसभा नियमावली संशोधन समितिको म्याद थप

930
Shares

काठमाडौं– राष्ट्रियसभा नियमावली संशोधन गर्न गठित मस्यौदा समितिको म्याद १५ दिन थपिएको छ ।
समितिका सभापति परशुराममेघी गुरुङले बिहिबार पेश गरेको म्याद थपसम्बन्धी प्रस्ताव बैठकले पारित गरेपछि समितिको म्याद थप भएको हो ।
गत १३ पुसमा बसेको राष्ट्रियसभा बैठकद्वारा गठित समितिमा सभापति गुरुङ, जितेन्द्रनारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा पार्वती, रामनारायण विडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर सदस्य छन् ।
राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपरान्ह चार बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij