२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब गरिमा रेमिटको भुक्तानी जिएमइ रेमिटका सबै एजेन्टबाट पनि हुने

अब गरिमा रेमिटको भुक्तानी जिएमइ रेमिटका सबै एजेन्टबाट पनि हुने

1.1K
Shares

काठमाडाैं -गरिमा विकास बैंकले सुपर एजेन्टको रुपमा काम गर्न जि.एम.इ रेमिटसँग सम्झौता गरेको छ । सम्झौतामा रेमिटका तर्फबाट प्रमुख संचालन अधिकृत प्रमोद मान सिंह बस्नेत र बैंकको तर्फबाट नायव महा–प्रबन्धक माधव प्रसाद उपाध्ययायले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार गरिमा रेमिट मार्फत पठाएको रकम जिएमइ रेमिटको ८ हजारभन्दा बढी एजेन्ट मार्फत भुक्तानी गर्ने छ भने जिएमइ रेमिट मार्फत नेपालीहरुले विदेशबाट पठाएको रकम गरिमा विकास बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्दै आइरहेको छ ।

हालजि.एम.इ रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापान, इजरायल, दुबई लगाएतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij