२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नुवाकोटमा भूकम्पले चर्केको घर भत्किँदा ८५ वर्षीय कप्तान तामाङको मृत्यु

नुवाकोटमा भूकम्पले चर्केको घर भत्किँदा ८५ वर्षीय कप्तान तामाङको मृत्यु

1.8K
Shares

नुवाकोट – नुवाकोटमा भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ ।
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो ।
तामाङ बाहेक परिवारका अन्य सदस्य टहरामा बस्दै आएका कारण परिवारका अन्य सदस्यहरुलाई भने केहि भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij