२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंकको लहान शाखा स्थानान्तरण

सनराइज बैंकको लहान शाखा स्थानान्तरण

1.8K
Shares

 

काठमाडौं–सनराइज  बैंकले सिरहा जिल्ला लहान नगरपालिका वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७ सय ५० मिटरको दुरीमा स्थानान्तरण गरेकोे छ । स्थानान्तरण गरिएको शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष किशोर प्रधान तथा उद्योग वाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल अमात्यले संयुक्त रुपमा गरे ।

साथै प्रदेश सभा सदस्य एवंम् पूर्व मेयर लगनलाल चौधरीले लहान शाखाको एटिएमको उद्घाटन गरेका हुन् ।
हाल सन्राइज बैंकले मुलुकभर १०२ वटा शाखा, ११४ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij