२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको बैंकिङ सफ्टवेर परिवर्तन

सिटिजन्स बैंकको बैंकिङ सफ्टवेर परिवर्तन

1.4K
Shares

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनलले  बैंकिङ सफ्टवेर परिवर्तन गरेको छ । बैंकले कोर बैंकिङ सिस्टममा पुमरी प्लसको ठाउँमा फिनाकल सफ्टवेरको प्रयोग सुरु गरेको हो । विश्वका ४५ वटा मुलुकमा प्रयोग गरिदै आएको फिनाकलको प्रयोगबाट बैंकका ग्राहकहरुलाई थप प्रभावकारी सेवा दिन सकिने बैंकले जनाएको छ  ।

फिनाकल र अत्याधुनिक ईन्टरनेट बैंकिङको प्रयोगबाट बैंकद्वारा प्रवाहगरिने सुविधाहरू थपसुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै जाने बैंकले जनाएको छ ।

हाल बैंकले देशैभरी ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहाकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij