२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमईको रेमिट्यान्स डिपोजिट खाता योजना सञ्चालन

ग्लोबल आइएमईको रेमिट्यान्स डिपोजिट खाता योजना सञ्चालन

1.2K
Shares

काठमाडौं– ग्लोबल आइएमई बैंकले रेमिट्यान्स डिपोजिट बचत खाता योजना सञ्चालन गरेको छ । नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङमा बदल्ने उद्देश्यले बैंकले सञ्चालन गरेको बचत खाता खोल्दा ग्राहकले बोनस ब्यालेन्सस्वरूप ५ सय रुपैयाँ पाउने बैंकले जनाएको छ ।

विदेशबाट नेपालमा भित्रिइरहेको रकमबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै ब्याज आर्जन होस् भन्ने उद्देश्यका साथ बैंकले नयाँ खाता योजना सञ्चालन गरेको बताएको छ ।

कामका लागि विभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानुअगाडि नै वा निरन्तर रूपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले यो खाता सञ्चालन गर्न सक्ने बैंंकको भनाइ छ । जुनसुकै शाखाबाट रेमिट्यान्स बचत खाता खोलेपछि बैंकले ग्राहकले खोलेको नयाँ खातामा बोनस रकम जम्मा गरिदिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले आमनागरिकमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यले विभिन्न समयमा  यस्ता योजना सञ्चालन गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशभर १ सय ३३ शाखा, १५ राजस्व संकलन काउन्टर, १ सय ४२ एटिएम, ७ एक्सटेन्सन काउन्टर तथा १ सय १७ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवा सञ्चालन गर्दै आएको बैंकले अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि–सम्पर्क कार्यालय स्थापना गरी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij