काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संखुवासभाको चैनपुर नगरपालिका–६ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्यनरत ५ सयजना विद्यार्थीलाई बुधबार स्विटर वितरण गरेको हो ।
बैंकले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको जनाएको छ । हाल बैंकले देशभर २ सय १७ शाखा, १ सय ६५ एटिएम र ९३ शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा दिँदै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij