२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता बैंकको टिच फर नेपाललाई सहयोग

जनता बैंकको टिच फर नेपाललाई सहयोग

1.1K
Shares

काठमाडौं– जनता बैंकले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले टिच फर नेपालसँग सहकार्य गरेको छ । आइतबार आयोजित उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई वार्षिक ५ लाख रुपैयाँ प्रदान गर्नेछ । टिच फर नेपालले ग्रामीण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षक खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ ।

हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामीण क्षेत्रका ५१ विद्यालयमा १ सय १० जना फेलो  शिक्षकमार्फत करिब १० हजार विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij