२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौला नियुक्त

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौला नियुक्त

1.2K
Shares

काठमाडौं -न्याय परिषदका सचिव नृपध्वज निरौला सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्त भएका छन् । न्याय सेवा आयोगको बैठकले उनलाई बढुवा गरी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पदस्थापन गरिएको हो ।
यसअघिका मुख्य रजिष्ट्रार डा.राजन भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि रिक्त रहेको स्थानमा निरौलालाई बढृुवा र पदस्थापन गरिएको हो ।
यसैवीच प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले न्याय परिषद सचिवका देवेन्द्र ढकाललाई बढुवा गरेको छ । उनी यस अघि श्रम अदालतमा कार्यरत थिए ।
साथै नवनियुक्त उच्च अदालतका न्यायाधीश भट्टराई र न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक तपबहादुर मगरले बुधबारै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij