२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्नातक तहमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीले छात्रवृत्ति पाउने

स्नातक तहमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीले छात्रवृत्ति पाउने

2.6K
Shares

 

काठमाडौं सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रशारण विभागले स्नातक तहमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ ।

सूचना विभागले आर्थिक वर्ष २०७५/०७६ मा पत्रकारिता विषय लिई स्नातक तहमा अध्ययनरत १४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । छात्रवृत्तिका लागि पत्रकारिता विषय लिई प्रवीणता प्रमाणपत्र तह वा (१०+२) उत्तीर्ण गरी स्नातक तहमा अध्ययनरत हुनुपर्ने छ ।

निवेदन दिएका विद्यार्थीहरुमध्ये बाट खुला ५ जना, महिना ३ जना, दलित १ जना विद्यार्थीलाई छनोट गरीने भएको छ । त्यस्तै, आदिवासी/जनजाती १ जना, मधेशी १ जना, मुस्लिम १ जना, अपाङ्ग १ जना र पिछडिएको क्षेत्र १ जना गरी १४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरीने सूचना तथा प्रशारण विभागले जनाएको छ ।

छात्रवृत्तिको लागि आउँदो फागुन ८ गते सम्म इमेल ठेगाना admin@doinepal.gov.np मा निवेदन दिन सकिने छ । यस सम्बन्धी थप जानकारीको लागि सूचना तथा प्रशारण विभागले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij