२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालमा निसान किक्स फेब्रुअरीमा लन्च हुँदै

नेपालमा निसान किक्स फेब्रुअरीमा लन्च हुँदै

1.5K
Shares

काठमाडौं–निसानले कम्प्याक्ट एसयूभी सेगमेन्टको गाडी निसान किक्सलाई भारतीय बजारमा लन्च गरेको छ । यो कारको भारतीय बजारमा निकै नै प्रतीक्षा भइरहेको थियो ।

यसको मूल्य ९ लाख ५५ हजार भारुबाट प्रारम्भ भएको छ । यसको टप भेरिएन्टको मूल्य १४ लाख ६५ हजार भारु तोकिएको छ ।

यो पेट्रोल र डिजेल दुवै भेरिएन्टमा उपलब्ध छ । पेट्रोल भेरिएन्टको मूल्य ९ लाख ५५ हजार र १० लाख ९५ हजार भारु छ भने डिजेल भेरिएन्टको मूल्य १० लाख ८५ हजारदेखि १४ लाख ६५ हजार भारु सम्म छ ।

अन्य देशमा निसान किक्स माइक्राको प्लेटफर्ममा निर्माण भएको छ । तर भारतमा भने यो रेनो डस्टरको M0 प्लेटफर्ममा निर्माण भएको छ । सार्प, अपराइट स्टाइलिङ र एजी लाइनका कारण यसको लुक निकै नै राम्रो देखिएको छ । यसमा १७ इनचको एलोई ह्विल र २१० एमएम ग्राउन्ड क्लियरेन्स छ ।

निसान किक्स डिजाइनको मामिलामा निकै नै राम्रो छ भने यसको सिटलाई पनि प्रशस्तै सुविधाजनक बनाइएको छ । यसमा १.५ लिटरको पेट्रोल र डिजेल इन्जिन छ । पेट्रोल इन्जिनले १०४ बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्छ । त्यसैगरी डिजेल इन्जिनले १०८ बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्छ ।

यसमा ठूलो साइजको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ, जसले एन्ड्रोइड अटो वा एप्पल कारप्ले सपोर्ट गर्छ ।

सुरक्षाका लागि यसमा चारवटा एयरब्याग, ईबीडी सहित एयरब्याग, ब्रेक असिष्ट, हिल स्टार्ट असिष्ट र फर्स्ट इन सेगमेन्ट ३६० डिग्री क्यामेरा छ ।

निसान किक्समा अटो हेडल्याम्प्स र अटो वाइपर्स जस्ता फिचर उपलब्ध छन् । यसले टाटा नेक्सन, हुन्डाई क्रेटा र रेनो क्याप्चर जस्ता गाडीलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

नेपाली बजारमा पनि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान किक्सलाई आगामी फेब्रुअरी महिनामा लन्च गर्ने योजना बनाएको छ । यसको मूल्य पनि केही दिनमा तोकिने पायोनियर मोटोकर्पले बताएको छ । पायोनियर मोटोकर्पका अनुसार पेट्रोल र डिजेल दुवै भेरिएन्टको कार नेपाली बजारमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij