काठमाडौं-ग्लोबल आइएमई बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सम्झौता भएको छ । हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको हो । सम्भौतापत्रमा हस्पिटलको तर्फबाट डाइरेक्टर संजिव राजभण्डारी र बैंकको तर्फबाट कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे ।
सम्झौता पश्चात चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।
हाल बैंकले मुलुकभर १३३ शाखा, १४२ एटिएम,७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर,११५ शाखा रहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij