काठमाडौं -सिटिजन्स बैंक इन्टरनेसनलले क्यास ब्याक (नगदफिर्ता) योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पिओएस वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत नगद फिर्ता प्राप्त गर्न सकिनेछ ।
नगद फिर्ताको सीमा प्रति दिन ५ सय र प्रति महिना रु ३ हजारसम्म रहनेछ । यो योजना सिमित अवधीको लागी लागु हुने बैंकले जनाएको छ ।
बैंकले मुलुकभर ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट करिव ४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij