२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाली कामदार लैजाने सम्झौता गर्न जापानी टोली आउने

नेपाली कामदार लैजाने सम्झौता गर्न जापानी टोली आउने

2.2K
Shares

काठमाडौं –जापानी सरकारले नेपाली कामदार लैजानबारे सम्झौता गर्न चाँडै वार्ता टोली पठाउने भएको छ । जापानी विदेशमन्त्री तारो कोनोले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा टोली खटाइने जानकारी गराएका हुन् । नेपाल र जापानकाबीच सरकारी तहबाटै कामदार पटाउने सम्झौता तयारी भइरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

विदेशमन्त्री कोनोले जापानमा बर्सेनी करिब ५ लाख जनसंख्या घटिरहेको घटिरहेको र काम गर्नेको संख्यामा पनि गिरावट आएकाले विदेशी कामदार आपूर्ति गर्न लागेको जानकारी दिए । लैजाने नौवटा मुलुकको सूचीमा नेपाललाई पनि राखेको छ ।

‘कामदार आयात गर्ने मुलुकमा नेपाललाई पनि छानेका र्छौँ,’ त्यसका लागि वार्ता गर्न जापानी टोली आउछ । त्यसपछि सहमति हुन्छ र नेपाली कामदार जापान जान पाउँछन्,’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टराईले कानोलाई उद्धृत गर्नै भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij