२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बङ्गलादेश बैंकको साधारणसभाबाट १० प्रतिशत नगद लाभांश पारित

नेपाल बङ्गलादेश बैंकको साधारणसभाबाट १० प्रतिशत नगद लाभांश पारित

985
Shares

काठमाडौं– नेपाल बङ्गलादेश बैंकको प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) पारित भएको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।
उक्त सभाले गत आर्थिक वर्ष २०७४–७५ को मुनाफा तथा जगेडा कोषबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसंग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij