२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विदेशमा एक वर्षमा करिब हजार श्रमिकको मृत्यु, आत्महत्या हत्या गर्नेको संख्या बढ्यो

विदेशमा एक वर्षमा करिब हजार श्रमिकको मृत्यु, आत्महत्या हत्या गर्नेको संख्या बढ्यो

1.2K
Shares

काठमाडौँ – वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

एक वर्षयता मात्र ८ सय ७८ जनाको र्मत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दुतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२ जना, साउदी अरबमा १ सय , कतारमा १ सय ४१, यूएकईमा १ सय ३, कुवेतमा ४ दक्षिण कोरियामा एक सय २६, ओमनमा ११ बहराइनमा १०, जोर्डनमा ४ इजराइलमा ३, युगान्डामा र नाइजेरियामा एक÷एक नेपालीको ज्यान गएको छ ।

श्रमिकलाइ पर्याप्त अभिमुखीकरण तालिम नहुँदा कम उमेरमै मृत्युको सिकार हुनुपरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतल बताए । ‘अभिमुखीकरण तालिम नाउँमा मात्रैको भयो,’ उनले भने, ‘निजी क्षेत्रले जस्तो दिन्छ, त्यसैमा निर्भर छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij