काठमाडौं – नेपालमा अष्ट्रेलियन कम्पनी ‘हन्टर’ का बाइक भित्रिएको एक वर्ष पुरा भएको छ । गत बर्ष पुस महिनाको पहिलो साता हन्टरका बाइक नेपालमा भित्रिएका थिए ।
नेपालको लागि हन्टर मोटरसाइकलको आधिकारिक बिक्रेता राई मोटर्सले हन्टर मोटरसाइकलको नयाँ पाँच मोडलहरु भित्र्याएको थियो ।
यी मोडेलहरुमध्ये डेटोना ३५० एक हो । यसको अधिकतम पावर ८००० आरपीएममा ३४ बिएचपी छ ।
यसको मूल्य ६ लाख ६५ हजार रुपैयाँ तोकिएको छ । नयाँ वर्षको अवसरमा यसमा १५ हजार रुपैयाँ छुट प्रदान गरिएको छ ।
हन्टरको सो बाइकमा एडभान्स ईएफआई (इलेक्ट्रोनिक फ्युल इन्जेक्सन) प्रणाली जडान गरिएको छ । त्यसै गरी बाइकमा ३५० सिसी, डबल सिलिन्डर र डबल कुलिङ सिस्टम (एयर र आयल कुलिङ) को इन्जिन जडान गरिएको छ ।
हन्टर बाइकको आधिकारिक वितरकको रुपमा राई मोटर्सले कार्य गरिरहेको छ । राई मोटर्सले यस बाइकको सोरुम बालुवाटारमा स्थापना गरेको छ ।
कम्पनीले स्पेयर पार्ट्स, सर्भिस र सेल्सको सुविधा प्रदान गरेको छ । त्यसैयरी २ वर्षको निःशुल्क सर्भिसको सुबिधा र इन्जिनमा १ बर्षको वारेन्टी समेत प्रदान गरेको छ ।
हन्टर मोटरसाइकल अस्ट्रेलियामा लोकप्रिय मोटरसाइकल ब्रान्ड हो । यसले स्थापनादेखि नै प्रिमियम सेगमेन्टको मोटरसाइकलहरु उत्पादन गर्दै आएको छ ।
यस कम्पनीसँग स्पोर्ट्स बाइक, क्रुजर, क्याफे रेसर जस्ता विभिन्न मोडलका बाइकहरु उत्पादन गर्ने वर्षौं देखिको अनुभव छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij