२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालमा पनि केटीएम १२५ ड्युक आउदै छ

नेपालमा पनि केटीएम १२५ ड्युक आउदै छ

1.4K
Shares

काठमाडौं–केटीएमले भारतीय बजारका लागि केही दिन पहिले मात्र लन्च गरेको बाइक १२५ ड्युक आगामी चैत महिना भित्रै नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । सो बाइक केटीएमको १२५ सीसीको सेगमेन्टमा पहिलो बाइक हो ।

सो बाइकको मूल्य दिल्ली एक्स सोरुममा १ लाख १८ हजार भारु तोकिएको छ । नेपालमा यसको मूल्य ३ लाख रुपैयाँ भन्दा बढी नै पर्ने अनुमान गरिएको छ ।

केटीएम १२५ ड्युकमा १२४.७ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ जसले ९२५० आरपीएममा १४.३ बीएचपीको पावर र ८००० आरपीएममा १२ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । साथै यसमा एबीएसको स्ट्यान्डर्ड फिटमेन्ट पनि उपलब्ध छ ।

१२५ ड्युक एबीएस तीन भेरिएन्ट ओरेन्ज, सेतो र कालो रङमा उपलब्ध छ । यसमा ४३ मिलिमिटरको अप साइड डाउन फोक्र्स सस्पेन्शन जडान गरिएको छ ।

ब्रेकिङ फिचर्सको कुरा गर्ने हो भने यसको फ्रन्टमा ३०० मिलिमिटरको डिस्क ब्रेक रहेको छ । रियरमा भने २३० मिलिमिटरको डिस्क ब्रेक रहेको छ ।

सो बाइक त्यस्तो ग्राहकको लागि राम्रो विकल्प हुन सक्छ जसले कम मूल्यमा राम्रो रेसिङ बाइक खरिद गर्न इच्छा राखेका हुन्छन् । १२५ ड्युक केटीएमको सबैभन्दा सस्तो बाइक पनि हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij