काठमाडौं -टिभिएस मोटर कम्पनीको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले भृकुटीमण्डपमा ४ दिने दि टिभिएस ग्रान्ड एक्सचेन्ज कार्यक्रमको आयोजना गर्ने भएको छ।
पुस २५ गतेबाट २८ सम्म चल्ने यस ४ दिने एक्सचेन्ज योजनामा जुनै पनि कम्पनीको बाइक वा स्कुटरसित टिभिएसका मोटरसाइकल तथा स्कुटर साट्न पाइने कम्पनीले जनाएको छ। एक्सचेन्जका क्रममा विभिन्न उपहारका साथ साथै छुटको पनि व्यवस्था रहेको कम्पनीको दावी छ।

चार दिनसम्म चल्ने यस कार्यक्रममा २० प्रतिशत डाउनपेमेन्टमा ० प्रतिशत ब्याजदर, ८ हजार सम्मको उपहार, जुनै सवारीमा न्युनतम २५ हजार मुल्यांकन, ७ हजारदेखि १ लाख सम्मको नगद छुट र बम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सिसी बाइक उपहार योजनामा रहेको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij