२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल फर्निचर तथा फर्निसिङ संघको अध्यक्षमा रुपेश प्रधान निर्वाचित

नेपाल फर्निचर तथा फर्निसिङ संघको अध्यक्षमा रुपेश प्रधान निर्वाचित

1.4K
Shares

काठमाडौं -नेपाल फर्निचर तथा फर्निसिङ संघको १९ औं बार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उक्त साधारणसभाले नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् । यसैगरी महासचिवमा ओम बस्नेत, कोषध्यक्षमा पूर्ण ब्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सह कोषाध्यक्षमा सुष्मा लम्साल चयन भएका छन्।
निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल सहित संघको १९ सदस्यीय कार्य समितिमा अरुण कुमार चौधरी, किरण वगिडिया, केदारनाथ बस्ताकोटी, योगेन्द्र कार्की, डम्बर पराजुली, रमिता श्रेष्ठ र दिल बिक्रम श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् । थप ३ जना सदस्य मनोनयन हुनेछ ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा। राजेशकाजी श्रेष्ठको प्रमुख आतित्थमा संचालन भएको साधारण सभाले संघको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको अनुमानित बजेट समेत पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij