काठमाडौं -नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल निर्वाचित भएका छन् । एसोसिएसनको काठमाडौंमा सम्पन्न १३औँ साधारणसभाले पोखरेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सभाबाट एसोसिएसनको अपाध्यक्षमा सिटी एक्सप्रेसका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिटका रितेश मित्तल र कोषाध्यक्षमा सूर्य रेमिटका सञ्जय सिग्देल चयन भएका छन् ।
एसोसिएसनका निवर्तमान अध्यक्षमा हुलास रेमिट्यान्सका दिवाकर थापा रहेका छन् भने आइपे रेमिटका इन्द्र शर्मा सचिव छन् । यसैगरी, एसोसिएसनको सदस्यमा हिमालयन बैंकका युमा श्रेष्ठ, युनाइटेड रेमिटका प्रवीण अधिकारी र इजी लिंकका दीपेन्द्र खनाल छन् । सबै रेमिट्यान्स कम्पनी संगठित भई आफ्ना समस्या सम्बन्धित निकायसम्म पु-याउने उद्देश्यले ०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij