२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्याङयोङ गाडीले ल्यायो मेगा एक्चेन्ज योजना, जुनसुकै पुराना गाडीसँग साट्न पाइने

स्याङयोङ गाडीले ल्यायो मेगा एक्चेन्ज योजना, जुनसुकै पुराना गाडीसँग साट्न पाइने

1.6K
Shares

काठमाडौं -स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता तथा आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ मेगा एक्चेन्ज योजना ल्याएको छ।
यस योजना अन्र्तगत ग्राहकले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभी साट्न सक्ने कम्पनीले जनाएको छ। पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकले ४ लाख सम्मको छुट समेत पाउने कम्पनीको दावी छ।
एक्सचेन्ज अफरमा १ बर्षको निशुल्क बिमा, झन्झटरहित फाईनान्सको सुविधा, आर्थिक वर्ष २०७५र७६ को रोड ट्याक्स तिर्न नपर्ने, ३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म) समेत रहेको कम्पनीले जनाएको छ।
आइएमएस मोटर्सका अनुसार यीबाहेक एक्स्चेन्ज अफरअन्तर्गत ५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग, गाडीको अतिरिक्त सामान निःशुल्क पाइने छ। स्याङयोङ, दक्षिण कोरियाको उन्नत एसयूभी ब्रान्ड ओटोमोबाइल निर्माता हो। कम्पनीसँग लक्जरी कारहरू, एसयूभीहरू, पिकअप ट्रक र एमपिभीहरू छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij