२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभू बैंकको नयाँ शाखा गोरखाको बारपाकमा

प्रभू बैंकको नयाँ शाखा गोरखाको बारपाकमा

1.1K
Shares

गोरखा– प्रभू बैंकले गोरखाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।

नेकपाका  प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार एक समारोहका बीच सो शाखाको उद्घाटन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा बोल्दै श्रेष्ठले २०७२ सालको महाभुकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर  प्रभु बैंकले प्रशंसनीय कार्य गरेको बताए । सो सँगै यहाँका संघ संस्था लगायत सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्राप्त भएको श्रेष्ठको भनाई थियो ।

शाखा कार्यालय उद्घाटन समारोहका विशेष अतिथि राष्ट्रिय  पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले महाभूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा खोलिएको शाखाबाट सर्वसाधारणले सहुलियत ब्याजदरमा भूकम्प पिडित कर्जा पाउने विस्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij