काठमाडौं– बालाजुको बाइपासमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो ।
टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनका श्रीमतीलाई थिचेर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा विसङ्खेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij