२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेगा बैंकले शेयरधनीलाई ७.८५ प्रतिशत लाभांश दिने

मेगा बैंकले शेयरधनीलाई ७.८५ प्रतिशत लाभांश दिने

1.4K
Shares

काठमाडौं– मेगा बैंक नेपालले शेयरधनीलाई बोनस शेयरसहित ७ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको २३७ औं बैठकले निर्णय गरेको लाभांश बाँड्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ । लाभांश वितरण लगायतका अन्य निर्णयका लागि बैंकले पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया ५९ पैंसा नगद लाभांश दिन लागेको हो। यसैगरी, चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैँया ८० पैसा बोनस शेयर दिन लागेको बैंकले जनाएको छ।
टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरबाट प्राप्त शेयर स्वाप आदानप्रदान बापतको पुँजीगत कोष १० करोड ५ लाख ३० हजार ९ सय ९५ रुपैँया र बाँकी २५ लाख ६३ हजार ८ सय ८१ रुपैँया सोही मर्जरबाट प्राप्त शेयर प्रिमियम रकम नगद लाभांश मार्फत दिन नमिल्ने भएकोले बोनस शेयरको रुपमा मात्र वितरण गर्न मिल्ने हुँदा चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशल प्रस्तावित बोनस शेयर छुट्टाइएको हो ।
नगद र बोनस शेयर गरी ८० करोड ७६ लाख ५३ हजार ४ सय ४६ रुपैँया ३९ पैंसा लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij