२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोच्च अदालत

सर्वोच्चद्धारा दूरसञ्चार प्राधिकरणलाई सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न आदेश

सर्वोच्चद्धारा दूरसञ्चार प्राधिकरणलाई सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न आदेश

1.2K
Shares

काठमाडौ– सर्वोच्च अदालतले सि.जि.कम्युनिकेसन प्रा.लि. .(सिजि टेलिकम) लाई मोबाईल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको हो । अदालतको यो आदेशपछि सिजि टेलिकमको मोबाईल सेवा सञ्चालनमा ल्याउने बाटो खुलेको छ ।
प्राधिकरणले सिजि टेलिकमलाई कानूनविपरित मोबाईल सेवा सञ्चालनमा अवरोध गर्दै आएको थियो । सिजि टेलिकमलाई मोवाईल सेवा सञ्चालन अनुमति दिने सरकारको निर्णयलाई समेत प्राधिकरणले लत्याउँदै आएको थियो ।
सिजि टेलिकमलाई मोवाईल सेवाका लागि फ्रिक्वेन्सी उपलब्ध गराउनुपर्ने स्वभाविक प्रक्रियालाई अबरूद्ध पार्दै प्राधिकरणले गत पुस ४ गते फ्रिक्वेन्सी लिलाम बढाबढका लागि सूचना प्रकाशित गरेपछि यसका विरूद्ध सिजि टेलिकम सर्वोच्च अदालत गएको थियो । अदालतले पुस १० मा आन्तरिम आदेश जारी गर्दै उक्त कम्पनीले सरकारबाट मोवाईल सेवा सञ्चालनको अनुमति प्राप्त गरिसकेकाले कार्यान्वयनमा कुनै बाधा अवरोध नगर्नू भन्ने आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij