दाङ– दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्टको निर्माणाधीन भवनमा आगलागी भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्लीस्थित सिमेन्ट कारखानाको नयाँ निर्माणाधीन भवनमा बिहिबार बिहान ५ तिर आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको बताइएको छ ।
सिमेन्ट कारखानाको निर्माणाधीन सिएसपी भवनको ३५ मिटरमाथि मजदूरले जाडो छल्न बालेको आगोबाट आगोलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीमा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ। आगलागीबाट प्लाइ, वल्डिङ मेसिन ५ वटा, ग्रिल मेसिन र ३ वटा ग्यास सिलिन्डरमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij