२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्राफिक महाशाखाद्धारा बस स्टप परिवर्तन, कुन बस कहाँ रोक्ने (सूचीसहित)

ट्राफिक महाशाखाद्धारा बस स्टप परिवर्तन, कुन बस कहाँ रोक्ने (सूचीसहित)

5.7K
Shares

काठमाडौं– उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन भएको छ । राजधानीको रत्नपार्क क्षेत्रमा सवारी साधन रोक्न नदिएको विरोधमा यात्रुहरु उत्रिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस स्टप परिवर्तन गरेको हो ।
यात्रुहरुले मंगलबार र बुधबार विरोधमा उत्रिएपछि महाशाखाले एउटा सवारी साधनले टुँडिखेल वरिपरि एक स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने स्थानको नयाँ व्यवस्था गरेको छ ।
महाशाखाले सामाखुसी यातायात व्यवसायी संघ, नेपाल सार्वजनिक माइक्रो व्यवसायी संघ, बालाजु मिनिवस समिति र तारकेश्वर यातायातका सवारी साधनको लागि बस स्टप १ (काठमाडौं मल–एनएसी अगाडि) तोकेको छ ।
यस्तै दिगो सार्वजनिक यातायात, संयुक्त यातायात, कपन वंगलामुखी यातायत, सिटी यातायात र अन्नपूर्ण सेवाका सवारी साधनको लागि बस स्टप २ (काठमाडौं मल–एनएसी अगाडि) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij