२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोच्चद्धारा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्धको रिट खारेज

सर्वोच्चद्धारा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्धको रिट खारेज

1.8K
Shares

काठमाडौं– प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलाशले देउवाविरुद्धको रिट शुक्रबार खारेज गरेको हो।
प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा कांग्रेसले अदालतको अवहेलना गरेको भन्दै ‍देउवाविरुद्ध रिट दायर भएको थियो। रिटमा केन्द्रीय सभापति देउवा र पार्टी विपक्ष बनाइएको थियो।
महानिरीक्षक नियुक्तिबारे सर्वोच्चले गरेको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको निर्णय कांग्रेस केन्द्रीय समितिले गर्दा अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले २०७३ चैत १५ गते कांग्रेस र देउवाविरुद्ध रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij