२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रहरीले ल्यायो अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेस्टिगेसन भ्यान

प्रहरीले ल्यायो अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेस्टिगेसन भ्यान

2.1K
Shares

काठमाडौं– अपराध भएको स्थानमा नै पुगेर शुष्म अनुसन्धान गर्नका लागि नेपाल प्रहरीले अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान भित्र्याएको हो।
विहीबार प्रहरी प्रधान कार्यालयमा भएको एक कार्यक्रममा आइजिपी सर्वेन्द्र खनालले अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहलाई अत्याधुनिक मोबाइल फोरेन्सिक इन्भेष्टिकेशन भ्यान हस्तान्तरण गरेका हुन ।

यो भ्यानको मुल्य ९६ लाख रुपैयाँ पर्छ।
भ्यानले प्रहरीको अनुसन्धानमा सघाउ पुर्याउने खनालले विश्वास ब्यक्त गरे।
अपराधीको फिंगर प्रिन्टपनि अब पुरानो ढंगबाट भन्दा नयाँ ढंगबाट लिन सकिने उपकरण भ्यानमा भएको उनले बताए। भ्यानबाट अनसन्धान गर्न प्रहरीले सुरुवाती चरणमा ११ जना प्रहरीलाई तालिम दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij