२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंक र सिदार्थ बिजनेस ग्रुप अफ हस्पिटायालिटीबीच सम्झौता

ज्योति विकास बैंक र सिदार्थ बिजनेस ग्रुप अफ हस्पिटायालिटीबीच सम्झौता

1.7K
Shares

काठमाडौं–ज्योति विकास बैंक र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटाालिटीविच सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र सिद्घार्थ बिजनेस गु्रपका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले सयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटाालिटी अन्तर्गत देशका विभिन्न स्थानमा गरी हाल १८ वटा होटेल तथा रेस्टुरेन्टहरु संचालनमा छन् । ती संचालनमा रहेका होटल तथा रेस्टुरेन्टबाट बैंकका कर्मचारी लगायत सम्पुर्ण ग्राहकवर्गहरुले विभिन्न सेवा तथा सुविधाहरुमा विषेश छुट पाउने छन् । बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइटेन्टी कार्ड देखाइ यी विविध सुविधाको लाभ लिन सक्नेछन् ।
हाल बैंकले ८३ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत सम्पुर्ण ग्राहकवर्गहरुलाई विभिन्न सेवा तथा सुविधाहरु उपलव्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij