२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब टोयोटा कोरोल्ला होइन, मारुती सुजुकी कोरोल्ला

अब टोयोटा कोरोल्ला होइन, मारुती सुजुकी कोरोल्ला

1.8K
Shares


सन्  २०१८ को प्रारम्भमै सुजुकी र टोयोटा मिलेर भारतमा केही मोडलका कार संयुक्त रुपमा उत्पादन गर्ने घोषणा गरेका थिए ।

मारुती सुजुकीले टोयोटालाई बलेनो ह्याचब्याक र भिटारा ब्रेजा कम्प्याक्ट एसयूभी तथा टोयोटाले मारुती सुजुकीलाई कोरोल्लासेडान उत्पादनका लागि उपलब्ध गराउने सहमति भएको थियो ।

यही सहमति अनुसार यी गाडीको उत्पादन भइरहेको छ । मारुती सुजुकी कोरोलाको लुक्स पुरानो कोरोल्लाभन्दा निकै नै फरक हुनेछ ।

यसको इन्टेरियर पनि पहिले भन्दा फरक हुनेछ । सन् २०१९ को मध्य सम्ममा यो बजारमा आउने अनुमान गरिएको छ ।

मारुती सुजुकी कोरोलाको लुक्स कस्तो हुन्छ भन्ने वारेमा हाल भारतीय केही मिडियाहरुले अनुमान लगाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij