२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आईएमई र दोहा बैंकबीच सम्झौता

ग्लोबल आईएमई र दोहा बैंकबीच सम्झौता

1.2K
Shares

काठमाडौं– ग्लोबल आईएमई बैंक र कतारस्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन  र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गरेका छन्।

यो सम्झौतापछि कतारमा रहेका सबै नेपालीले दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशनमार्फत सजिलै नेपाल पैसा पठाउन सक्नेछन। उक्त रेमिट्यान्स ग्लोबल आइएमईका सम्पूर्ण शाखा तथा आईएमइ. र जिएमइ. का ९ हजार भन्दा बढि एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ। कतारका अग्रणी बैंकमा पर्ने दोहा बैंकका  कतारभर २७ शाखा कार्यालय तथा १४ भन्दा बढि मुलुकहरुमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय र छन। 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij