२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने

एनआईसी एशिया बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने

1.8K
Shares

काठमाडौं– एन आई सी एशिया बैंकले १० प्रतिशत का दरले ८० करोड ३१ लाख ११ हजार ७ सय बोनस शेयर वितरण गर्ने भएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको २१ औं वार्षिक साधारण सभो उक्त बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो ।
बैंकले कर प्रयोजनको लागि ०.५२६ प्रतिशत अर्थात ४ करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ नगद लाभांस वितरण गर्ने निर्णय पनि गरेको छ ।
साथै सभाले बोनस शेयर वितरणबाट बैंकको साविक अधिकृत पूँजी ८ अर्ब ४ करोडलाई वृद्धि गरि ८ अर्ब ८४ करोड बनाउन, साविकको तत्काल चुक्ता पूँजी ८ अर्ब ३ करोड ११ लाख १६ हजार ९ सय ९८लाई वृद्धि गरी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६सय ९८ बनाउन स्वीकृत प्रदान गरेको छ ।
साधारण सभाले आव २०७४र०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आव २०७४–७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
साथै साधारण सभाले बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था र एन आई सी एशिया क्यापिटल सहितको आव २०७४–७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । त्यसैगरी, सभाले चालु आव २०७५–७६ को लागि टिआर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त पनि गरेको छ ।
बैंकको हाल २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij