२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बालाजु अटो वर्क्सलाई ग्लोबल ट्रेकफेस्ट उपाधि

बालाजु अटो वर्क्सलाई ग्लोबल ट्रेकफेस्ट उपाधि

1.4K
Shares

काठमाडौं- अग्नि ग्रुपको भगिनी संस्था बालाजु अटो वर्क्स प्रालिले महिन्द्रा ट्रेकफेस्ट २०१८ उपाधि जितेको छ । महिन्द्राको अन्तर्राष्ट्रिय प्राविधिक प्रतियोगितामा कम्पनीले उक्त उपाधि जितेको हो ।प्रतियोगिताअन्तर्गत ३ समूहमा व्यावहारिक, सैद्धान्तिक तथा अन्तर्वार्ता गरी ३ चरणमा विजेताहरूको छनोट गरिएको थियो । जसमा डाइग्नोस्टिक विशेषज्ञ, प्राविधिक तथा सर्भिस एडभाइजर गरी ३ विधामा प्रतियोगीको छनोट गरिएको थियो । सन् २०१८ मा आयोजित ट्रेकफेस्टमा  बालाजु अटोवक्र्सले तीनवटै विधामा पुरस्कार प्राप्त गरेको छ ।  

कम्पनीले विभिन्न ३ समूहअन्तर्गत ९ वटा अवार्डमध्ये ३ वटा अवार्ड प्राप्त गर्न सफल भएको जनाएको छ । जसमध्ये डाइग्नोस्टिक विशेषज्ञमा विनोद श्रेष्ठ विजेता भएका छन् । त्यस्तै प्राविधिक–व्यक्तिगततर्फ तीर्थ श्रेष्ठ फस्र्ट रनरअप र सर्भिस एडभाइजरतर्फ सुभाष बुढाथोकी फस्र्ट रनरअप भएको जनाइएको छ । 

अग्नि ग्रुपले विजेताहरूको सम्मानका लागि कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री हेड कागलकर चैतन्यले विजेतालाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij