२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्मला पन्त बलात्कार- हत्या प्रकरण

निर्मला पन्त बलात्कार- हत्या प्रकरण : आठ प्रहरी अधिकारीविरूद्ध मुद्दा

निर्मला पन्त बलात्कार- हत्या प्रकरण : आठ प्रहरी अधिकारीविरूद्ध मुद्दा

1.4K
Shares


कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा मंगलबार आठ प्रहरी अधिकारीविरूद्ध सार्वजनिक कसूरमा मुद्दा दायर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरूद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले मुद्दा दायर गरेको जानकारी दिए।

उक्त प्रकरणमा लापरवाही गरेको भन्दै निर्मलाका आमाले घटना अनुसन्धानमा संलग्न आठ जना प्रहरी कर्मचारीविरूद्ध मुद्दा दायर गरेकी हुन्।

मंगलबार नै तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख विष्टसहित चार जना प्रहरी अधिकृतविरूद्ध भीमदत्तनगरपालिका–१९ बागफाँटाका खड्कसिंह विष्टले भाइ दिलीपसिंहलाई यातना दिएको भन्दै मुद्दा दायर गरेको प्रहरीले जनाएको छ।

तत्कालीन प्रहरी प्रमुख विष्टले गत भदौको पहिलो खड्कसिंह विष्टका भाइ दिलीपसिंह विष्टलाई निर्मलाको हत्यामा संलग्न भन्दै सार्वजनिक गरेका थिए। तर आरोपित विष्टको डिएनए नमिलेपछि साधारण तारेखमा रिहा भएका थिए।

खड्कले तत्कालीन प्रहरी प्रमुख विष्ट, प्रहरी नायब उपरीक्षकद्वय ज्ञानबहादुर सेटी, अङ्गुर जिसी र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टविरूद्ध मुद्दा दायर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij