२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अल्का अस्पतालद्धारा रसुवामा निशुल्क स्वास्थ्य शिविर

अल्का अस्पतालद्धारा रसुवामा निशुल्क स्वास्थ्य शिविर

1.9K
Shares


रसुवा- रसुवाको नौकुन्ड र कालिका स्थानमा अल्का अस्पतालले निशुल्क स्वास्थ्य शिविर गरेको छ। नौकुन्ड र कालिकास्थानमा गरिएको शिविरमा ५ सयभन्दा बढीले स्वास्थ्य जाँच गरेका थिए।

अल्का अस्पतालकी स्त्री रोग विशेषज्ञ रंगिना लाइकङबम, सुब्रिना राजभण्डारी, जनरल फिजिसियनहरु, छाला तथा यौन रोग विशेषज्ञले विरामीलाई जाँच गरेका थिए।

शिविरमा स्त्री रोग जाँच गराएर समस्या देखिएका महिलाहरुलाई अल्का अस्पतालले निशुल्क उपचार गर्ने अस्पतालका प्रशासन प्रमुख रोजिका प्रधानले जानकारी दिइन्।

शिविरलाई लाइन्स क्लव अफ काठमाडौं अल्का र जनता बैंकले समेत साथ दिएका थिए। शिविरमा विशेष गरी स्त्री रोगमा बारेमा स्थानियलाई जनचेतनासमेत गराइएको थियो।

सो क्षेत्रका महिलाहरुमा स्त्री रोग देखा परेको स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानहरुमा अल्का अस्पतालले निशुल्क शिविर गरेको प्रधानले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij