२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब आफै सगरमाथाको उचाई नाप्ने नेपालको तयारी

अब आफै सगरमाथाको उचाई नाप्ने नेपालको तयारी

1.1K
Shares

काठमाडौं — सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन।

अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो। अब भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने भएको छ। 

आजको गोरखापत्र दैनिकमा यो खबर छ, नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रुपमा मान्यता दिएको छ।

त्यसैगरी सन् १९९९ मा अमेरिका र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो। सबैको मापन फरकफरक निस्किएको छ। नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले मापन गरेको हो।

यसै गरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो। चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टानको भागको मात्र उचाइ लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij