२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनसिसी बैंक र सिटिजन लाइफबीच सम्झौता

एनसिसी बैंक र सिटिजन लाइफबीच सम्झौता

1.7K
Shares


काठमाडौं-नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी­) बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बिमा पोलिसी बिक्री गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका थिए ।  

सम्झौताअनुसार एनसिसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिमालेख बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्झौताका कारण सिटिजन लाइफ इन्स्योरेन्समा बिमा गर्न चाहने ग्राहकले अन्यत्र जानुनपर्ने भएकाले बिमा गर्ने व्यक्तिको संख्या बढ्ने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij