कपिलवस्तु– शिवराज नगरपालिका- ३ रमुवा दहस्थित सुरई खोला नजिकबाट रोल्पा लिवाङ नगरपालिका-६ सुईवाङ बस्ने २९ वर्षीय रमेश बुढा मगरलाई २० किलो अवैध लागूऔषध चरेश सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडा कपिलवस्तुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको उक्त लागूऔषध सहित मगरलाई पक्राउ गरेको हो । मगरसँगै रहेका सोही ठाउँ बस्ने अमृत बुढामगर र कपिलवस्तु शिवराज नगरपालिका(९ बस्ने सेते बुढामगर हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij