२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालभर बिक्री शुरु भयो सुजुकी बर्गम्यान स्ट्रिटको

नेपालभर बिक्री शुरु भयो सुजुकी बर्गम्यान स्ट्रिटको

1.1K
Shares

काठमाडौं – सुजुकीको हालसम्मकै सर्बाधिक स्टाइलिस स्कुटर बर्गम्यान स्ट्रिट १२५ नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको छ ।

आजबाट सुजुकीका सबै सोरुममार्फत सो बाइक बुकिङ गर्न सकिने सुजुकी बाइकको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स स्रोतले जानकारी दिएको छ ।

सो स्कुटरको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ हुनेछ ।

सुजुकी बर्गम्यान स्ट्रिटमा १२५ सीसी फोर स्ट्रोक, सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ । यसले ८.७ पीएस पावर र १० एनएम टर्क प्रदान गर्छ । यसमा सीभीटी ट्रान्समिसन उपलब्ध छ ।

सुजुकी बर्गम्यान स्ट्रिट १२५ को डिजाइन निकै नै स्टाइलिस छ । यसमा बुलबायस बडीका साथै स्पोर्टी डिजाइन छ । यसमा ठूलो फ्रन्ट फेन्डर र रियर ग्रयाब रेल छ । त्यसैगरी एलईडी हेडलाइट र टेललाइट समेत छ ।

सुजुकी बर्गम्यान स्ट्रिट १२५ एक प्रकारको म्याक्सी स्कुटर हो । म्याक्सी स्कुटर एक प्रकारको टुरिङ स्कुटर हो, जसले हावाबाट चालकलाई बचाउँछ ।

त्यसको लागि स्कुटरको अघिल्लो भागमा विशेष प्रकारको डिजाइन गरिएको हुन्छ र सामान्य स्कुटरभन्दा बढी आरामदायी हुन्छ ।

यसमा मल्टी–फङसनको स्लोट, अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, १२ वाट चार्जिङ सकेट र अन्डर सिट स्टोरेज स्पेस उपलब्ध छ । यसमा कम्बाइन्ड ब्रेकिङ सिष्टम पनि छ ।

सुजुकी बर्गम्यान स्ट्रिट १२५ को प्रतिस्पर्धा होन्डा ग्राजिया र टीभीएस एनटर्क १२५ सँग हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij