२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकर्स संघको कार्य समिति सदस्यमा तीन जना बैंकर निर्बिरोध निर्वाचित

नेपाल बैंकर्स संघको कार्य समिति सदस्यमा तीन जना बैंकर निर्बिरोध निर्वाचित

1.8K
Shares

काठमाडौं–बैंकर्स संघको कार्य समिति सदस्यमा तीन जना बैंकर निर्बिरोध निर्वाचित भएका छन्। विहिबार भएको संघको बार्षिक साधारणसभाले रिक्त रहेको तीन सदस्यमा तीन जनाको मात्रै उमेद्वारी परेकाले साधारणसभाले यसलाई नै अनुमोदन गरेको हो। रिक्त तीनमा ग्लोबल आइएमइ बैंकका जनक शर्मा पौडेल, माछापुछ्रे बैंकका सुमन शर्मा र सिभिल बैंकका गोबिन्द गुरुङले उमेद्वारी प्रस्तुत गरेका थिए। उनीहरुलाई साधारणसभाले अनुमोदन गरेको छ।

संघले एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठलाई सम्मान गर्ने भएको छ। लामो समयदेखि बैंकिङ क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै श्रेष्ठलाई सम्मान गरेको छ। गत बर्ष प्रथम गभर्नर हिमालय शम्शेर राणालाई सम्मानित गरिएको थियो।
बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतबाट हटेलगत्तै संघको पद पनि खाली हुन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij