मारुती सुजुकीले अब स्विफ्ट आरएस नामक हट ह्याचब्याक ल्याउने योजना बनाएको छ । सन् २०१९ को पहिलो चौमासिकमा सो गाडी भारतीय सडकमा गुड्ने जानकारी मिडियाहरुले दिएका छन् ।
मारुती सुजुकीले २०१८ अटो एक्सपोमा पहिलो पटक अल न्यु स्विफ्ट लन्च गरेको थियो । त्यसैको नयाँ भर्सनको रुपमा स्विफ्ट आरएस आउने भएको हो ।
मारुती सुजुकीको बलेनो पश्चात गत वर्ष बलेनो आरएस लन्च भएको थियो । यही सफलताका आधारमा फेरि स्विफ्ट आरएस ल्याउन थालेको अनुमान गरिएको छ ।
मारुती सुजुकी स्विफ्ट आरएसमा १.० लिटर बुस्टर जेट मोटर हुने र यसले ९९ एचपी पावर र १५० एनएम टर्क प्रदान गर्ने अनुमान गरिएको छ ।
स्ट्यान्डर्ड स्विफ्टले भने ८१ एचपी पावर र ११३ एनएम टर्क प्रदान गर्छ ।
केही समय पहिले टाटाले ल्याएको टियागो जेटीपीलाई टक्कर दिने गरी मारुती सुजुकीले यो कार बजारमा ल्याउने योजना बनाएको अनुमान गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij